जेनजी आन्दोलनमा शहीद भएका रसिककी आमा रचना सांसद बन्दै

२ चैत्र २०८२, सोमबार १७:०५

काठमाडौं । जेनजी आन्दोलनमा शहीद भएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री रास्वपाबाट सांसद बन्ने भएकी छिन् ।

खसआर्य महिलातर्फ दोस्रो स्थानमा रहेकी खतिवडा समानुपातिक सांसदका लागि सिफारिसमा परेकी हुन् । काभ्रेका २३ वर्षीय रसिकले २३ भदौको जेनजी आन्दोलनमा सुरक्षाकर्मीकर्मीको गोलीबाट ज्यान गुमाएका थिए ।

रास्वपाले समानुपातिक सूचीमा उनको नाम समावेश गरेसँगै रचना चुनावी प्रचारमा खटिएकी थिइन् ।

उनको गृह जिल्ला काभ्रेको दुवै क्षेत्र रास्वपाले जितेको छ भने समानुपातिकमा पनि पहिलो दल बनेको छ । रास्वपाले उनी सहित ४८ महिलालाई समानुापातिक सांसद बनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*