बीमा कम्पनीहरुले अनिवार्य एक्चुरी बिश्लेषक राख्न सकेनन्, कस्तो छ बीमांकीको अवस्था ?

काठमाडौं । बीमा कम्पनीहरुले अनिवार्य एक्चुरी बिश्लेषक नराखेको प्राधिकरणले गरेको अध्ययन रिर्पोटले देखाएको छ।
नेपाल बीमा प्राधिकरणको एक अध्ययनले यस्तो देखाएको छ। एक्चुरियल विश्लेष अनिवार्य गरेको दुई बर्ष बित्न लाग्दा पनि बीमा कम्पनीहरूले अटेरी गरेको अध्ययन रिर्पोटले देखाएको छ।
नियामक निकाय बीमा प्राधिकरणले एक्चुरी भ्यालुएशन) लाई प्रभावकारी बनाउन प्राधिकरणले डेढ वर्षअघि कम्तीमा एक जना विश्लेषक नियुक्ति अनिवार्य गरे पनि बीमकहरुले अटेर गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्राधिकरणको रिर्पोट अनुसार हालसम्म अझै चार लघुबीमा तथा एक निर्जीवन बीमा कम्पनीले विश्लेषक राखेका छैनन् । ३२ ओटा कम्पनीले बीमांकीय विश्लेषक नियुक्ति गरेको रिर्पोटमा उल्लेख गरिएको छ । १२ बीमकमा कम्पनीमा भने एक जनाभन्दा बढी रहेको पाइएको छ।
प्राधिकरणले अध्ययन गरेको रिर्पोटमा कम्पनीहरूले भने बीमांकीय विश्लेषकहरूको प्रभावकारी उपयोग नगरेको उल्लेख गरिएको छ।
बीमा क्षेत्रमा जोखिम–आधारित नियमन प्रणाली लागू हुँदै जाँदा बीमांकीय विश्लेषकको भूमिका क्रमशः विस्तार हुँदै गएको देखिएको छ । तर, प्रशिक्षण, करियर विकास र पारिश्रमिकका अवसर सीमित हुँदा यो क्षेत्रमा जनशक्ति टिकाइराख्न चुनौती देखिएको अध्ययन प्रतिवेदनमा औंल्याइएको छ ।
प्राधिकरणले बीमांकीय विश्लेषण गर्ने जनशक्ति विकासका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्कूल अफ म्याथम्याटिक साइन्ससँग सम्झौता पनि गरेको छ ।
प्राधिकरणले बीमांकीय विश्लेषकका लागि गणित, तथ्यांक, एक्चुरियल विज्ञान, अर्थशास्त्र, वित्त व्यवस्थापन, इन्जिनीयरिङमध्ये एकमा स्नातक तह उत्तीर्ण गरी अन्तरराष्ट्रिय एक्चुरियल संस्थाको तीनओटा तह पास गरेको हुनुपर्ने योग्यता तोकेको छ ।
अधिकांश बीमांकीय विश्लेषकहरूसँग २ वर्षसम्मको अनुभव रहेको पाइएको छ। लगभग ३५% विश्लेषकहरूसँग १ वर्षभन्दा कमको स्नातकोत्तर कार्य अनुभव छ।
निम्न चार्टले बीमांकीय विश्लेषकको स्नातकोत्तर कार्य अनुभव देखाउँछ।
धेरैजसो बीमांकीय विश्लेषकहरू हाल सहायक वा समकक्ष पदमा नियुक्त छन्। तिनीहरूमध्ये थोरैअनुपात (५%) बीमा कम्पनीहरूमा व्यवस्थापकीय पदहरूमा नियुक्त छन्।
विमांकीय विश्लेषकहरू बीमा कम्पनीहरुको मूल्याङ्कन (९२.५%) र जोखिम (७०%) मा छ। उत्पादनविकास र अनुसन्धान (५७.५%), वित्त (४७.५%), र पुनर्बीमा (३५%) मा पनि उल्लेखनीय सहभागिता देखिएको छ।
त्यस्तै, अन्डरराइटिङ र दावी र अनुपालन जस्ता अन्य विभागहरूमा तुलनात्मक रूपमा सीमित छ।
बीमा कम्पनीहरूको संख्या बढ्दै गए पनि सम्पत्ति तथा दायित्वको बीमांकीय मूल्यांकन (एक्चुरी भ्यालुएशन) का लागि भने विदेशीको भर पनुपर्ने बाध्यता छ । नेपालमा एक्चुरी भ्यालुएटरको अनुमति दिने संस्था नभएको र विदेशबाट लाइसेन्स पाएका जनशक्ति पलायन हुँदा नेपाली बीमा कम्पनीहरूले विदेशीहरूबाट बीमांकीय मूल्यांकन गराउँदै आएका हुन् ।
20260315035709











