यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

३ चैत्र २०८२, मंगलवार ०७:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत ३ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। सो अनुसार एक अमेरिकी डलरको खरीददर १४७.५८ रुपैयाँ र बिक्रीदर १४८.१८ रुपैयाँ तोकिएको छ।

त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १०४.०४ रुपैयाँ र बिक्रीदर १०४.४७ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३० रुपैयाँ र एक साउदी अरेबियन रियालको खरीददर ३९.३३ रुपैयाँ र बिक्रीदर ३९.४९ रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक मलेसियन रिंगिटको खरीदमूल्य ३७.५५ रुपैयाँ र बिक्रीमूल्य ३७.७० रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.८९ रुपैयाँ र बिक्रीमूल्य ९.९३ रुपैयाँ र एक कुवेती दिनारको खरीदमूल्य ४८०.७२ रुपैयाँ र बिक्रीमूल्य ४८२.६७ रुपैयाँ निर्धारण भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*