पुससम्म परेको दाबीको भुक्तानी लिन सिद्धार्थ प्रिमियरको आग्रह

३ चैत्र २०८२, मंगलवार ०७:२१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत पुस मसान्तसम्म परेका दाबीहरूको भुक्तानी लिन आउन सम्बन्धित बीमित पक्षलाई आग्रह गरेको छ।

कैयौं बीमितको तर्फबाट दाबी निवेदन परेको तर दाबी मूल्यांकनका लागि थप आवश्यक कागजात सहित बीमित सम्पर्कमा नआएको कारण दाबी भुक्तानी बाँकी रहेको कम्पनीले बताएको छ।

त्यस्तो बीमितलाई कम्पनीले दाबी फर्छ्यौटका लागि आवश्यक कागजात सहित कम्पनीको नजिकको प्रदेश, शाखा तथा उपशाखा कार्यालय वा केन्द्रीय कार्यालयमा र सम्बन्धित सर्भेयरलाई यथाशीघ्र सम्पर्क गरी आफ्नो दाबी भुक्तानी लिन आह्वान गरेको हो।

अबको ३५ दिनभित्र पनि दाबी भुक्तानी सम्बन्धी अपुग कागजात सहित बीमित सम्पर्कमा नआएमा त्यस्तो बीमितसँग सम्बन्धित बीमा दाबीको फाइल नै बन्द गरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*