रास्वपाबाट सांसद बन्नेभएपछि लिमा अधिकारीले दिइन् निफ्रा बैंकबाट राजीनामा

३ चैत्र २०८२, मंगलवार ११:३७

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्यबाट लिमा अधिकारीले राजीनामा दिएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुने भएपछि अधिकारीले सोमबार निफ्राबाट बिदा लिएकी हुन्। अधिकारी रास्वपाकी केन्द्रीय कोषाध्यक्ष हुन्।

साढे चार वर्ष निफ्रा सञ्चालक समितिमा काम गरेकी उनी पछिल्लोपटक गत २३ मंसिरमा सातौँ वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी थिइन्। अधिकारीले आगामी दिनमा नेपालको पूर्वाधार विकासमा देखिएका अवरोधहरूको समाधान गर्ने थुप्रै नीतिगत तथा प्रशासनिक सुधारहरूका लागि पहल गर्ने बताएकी छिन्।

‘करिब साढे चार वर्षको नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को बोर्ड अफ डिरेक्टरको रूपमा मेरो यात्रा आजबाट औपचारिक रूपमा समापन भएको छ। देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने यस गरिमामय संस्थासँग आबद्ध हुन पाउनु मेरा लागि एक महत्त्वपूर्ण उपलब्धि हो,’ अधिकारीले भनेकी छिन्।

आगामी दिनमा नेपालको आर्थिक रूपान्तरणका लागि अझ ठुला र गौरवशाली आयोजनाहरूमा लगानी भित्र्याउन बैंक सफल हुनेछ भन्नेमा आफू पूर्ण विश्वस्त रहेको उनको विश्वास छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*