ब्यूटिसियन पेशाबाट प्रतिमा केसीको यूटर्न, सिटिजन लाइफमा प्रवेशसँगै भरियो उत्साह

३ चैत्र २०८२, मंगलवार १२:२५

नेपालको बीमा क्षेत्रमा पछिल्ला वर्षहरूमा व्यावसायिकता, विश्वास र सेवाभावलाई सँगसँगै अघि बढाउने व्यक्तित्वहरू मध्ये सिटिजन लाइफ इन्स्योरेन्समा कार्यरत एक समर्पित महिला व्यावसायिक व्यक्तित्व प्रतिमा केसीको नाम अग्रपंक्तिमा आउँछ। नवलपरासी वर्दघाटलाई आफ्नो कर्मथलो बनाएकी उनले झण्डै एक दशकदेखि आफ्नो निरन्तर मेहनत, स्पष्ट दृष्टिकोण र ग्राहकप्रति उत्तरदायी व्यवहारका कारण बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेकी छिन्। हाल सिटिजन लाइफ इन्स्योरेन्समा एजेन्सी म्यानेजर तथा ब्रान्च म्यानेजर जस्तो जिम्मेवार र गरिमामय पदमा कार्यरत रहँदै उनले आफ्नो नेतृत्व क्षमता र व्यवस्थापन दक्षताको उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। उनको यो यात्रा केवल पेशागत उन्नतिको कथा मात्र नभई समाजलाई आर्थिक रूपमा सुरक्षित बनाउने एक सशक्त अभियानको रूपमा पनि स्थापित भएको छ।

झण्डै १३ वर्ष ब्युटिसियन पेशा सम्हालेकी उनको बीमा अभिकर्ता क्षेत्रको व्यावसायिक जीवनको सबैभन्दा उल्लेखनीय उपलब्धिहरूमध्ये मिलियन डलर राउन्ड टेबल अर्थात् एमडिआरटीको उपाधि प्रमुख रूपमा देखिन्छ। बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त यो उपलब्धि हासिल गर्नु आफैंमा अत्यन्तै चुनौतीपूर्ण कार्य हो। उनले आफ्नो अटुट मेहनत, धैर्यता र ग्राहक सेवाप्रतिको समर्पणका कारण दुई पटक एमडिआरटीको उपाधि प्राप्त गर्न सफल भएकी छिन्। यस उपलब्धिले उनको कार्यदक्षता, विश्वसनीयता र पेशागत प्रतिबद्धतालाई स्पष्ट रूपमा प्रमाणित गर्दछ। उनी आफ्नो सफलताको मूल आधार उच्च आत्मविश्वासलाई मान्छिन्। बीमा जस्तो क्षेत्र जहाँ मानिसहरूलाई सेवा र सुरक्षाको महत्व बुझाउन सजिलो हुँदैन त्यहाँ यति उच्च स्तरको आत्मविश्वासले उनलाई कठिन परिस्थितिहरूमा पनि दृढतापूर्वक अघि बढ्न प्रेरित गरेको देखिन्छ।

बीमाप्रतिको उनको दृष्टिकोण अत्यन्त गहिरो र मानवीय छ। उनी बीमालाई केवल आर्थिक कारोबार वा औपचारिक सम्झौताको रूपमा हेर्दिनन् बरु यसलाई परिवारको सुरक्षा, स्थायित्व र भविष्यसँग जोडिएको महत्वपूर्ण साधनको रूपमा व्याख्या गर्छिन्। उनका अनुसार बीमा भनेको परिवारलाई आर्थिक जोखिमबाट जोगाउने ढाल हो जसले कठिन परिस्थितिमा पनि परिवारलाई सुरक्षित राख्न सहयोग पुर्याउँछ। यसलाई उनी सामाजिक उत्तरदायित्वसँग पनि जोड्छिन् किनकि बीमाको माध्यमबाट समाजमा आर्थिक स्थिरता र सुरक्षा विस्तार गर्न सकिन्छ भन्ने उनको विश्वास छ। यही सोचका कारण उनले आफ्नो पेशालाई केवल आम्दानीको माध्यम नभई समाजसेवाको एउटा रूपमा अपनाएकी छिन्। आफ्नो बीमितले भवितव्य परेर दुःखको सामना गरिरहेको अवस्थामा दाबी भुक्तानी बापतको चेक बीमितको परिवारलाई दिंदै गर्दा गर्वको महसूस हुने गरेको उनको अनुभव छ।

उनको सोच केवल व्यक्तिगत सफलता वा संस्थागत प्रगतिसम्म सीमित नभई समग्र बीमा क्षेत्रको सुधार र विकासका लागि पनि महत्वपूर्ण विचारहरू प्रस्तुत गरेकी छिन्। हालको अवस्थामा धेरै बीमितहरूले आर्थिक समस्याका कारण आफ्नो पोलिसीलाई निरन्तरता दिन सक्दैनन् जसका कारण उनीहरूले पहिले बुझाएको रकमसमेत गुमाउने अवस्था सिर्जना हुन्छ। यस समस्यालाई मध्यनजर गर्दै उनले यदि कुनै बीमितले प्रारम्भिक एक वा दुई किस्ता बुझाएर बाँकी किस्ता बुझाउन नसक्ने अवस्थामा पुगेमा उनीहरूको रकम फिर्ता गर्ने व्यवस्था गर्नुपर्छ भन्ने विचार राखेकी छिन्। यस्तो व्यवस्था लागू भएमा बीमाप्रति सर्वसाधारणको विश्वास बढ्ने र पैसा डुब्छ भन्ने डर हट्ने र बीमाको पहुँच अझ व्यापक बन्ने उनको ठम्याइ छ। यसले बीमा कम्पनी र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने मात्र नभई समग्र बीमा क्षेत्रको विश्वसनीयता अभिवृद्धि गर्न मद्दत गर्ने उनको धारणा छ।

आधुनिक सूचना प्रविधिको विकाससँगै उनले आफ्नो व्यवसाय विस्तार र सेवा प्रवाहमा नवीनतम माध्यमहरूको प्रयोगलाई प्राथमिकता दिएकी छिन्। विशेष गरी सामाजिक सञ्जाललाई उनले प्रभावकारी रूपमा प्रयोग गर्दै आएकी छिन्। सामाजिक सञ्जालमार्फत बीमाको महत्व, यसको आवश्यकता र विभिन्न योजनाहरूका बारेमा जानकारी प्रवाह गर्दै उनले ग्राहकहरूसँग सहज र प्रत्यक्ष सम्पर्क कायम राखेकी छिन्। यसले गर्दा विशेषगरी युवा पुस्तामा बीमाप्रति चासो र आकर्षण बढ्न थालेको देखिन्छ। डिजिटल माध्यमको प्रभावकारी प्रयोगले उनको कार्यशैलीलाई आधुनिक, गतिशील र परिणाममुखी बनाएको छ।

बीमा क्षेत्रमा ग्राहक सेवा सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्ने कुरालाई उनले व्यवहारमा उतारेकी छिन्। विशेषगरी दाबी भुक्तानी र परिपक्वता पछिको प्रतिफलमा उनले उच्च प्राथमिकता दिने गरेको पाइन्छ। ग्राहकहरूले कठिन समयमा बीमाबाट अपेक्षा गरेको सहयोग समयमै पाउनुपर्छ भन्ने उनको स्पष्ट धारणा छ। यसका लागि उनले आफ्नो कार्यकालभरी पारदर्शिता, उत्तरदायित्व र सेवा गुणस्तरमा कुनै सम्झौता नगरी काम गर्दै आएकी छिन्। सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएपछि उनले कम्पनीका नीति र ग्राहकको अपेक्षाबीच सन्तुलन कायम राख्दै विश्वासिलो सेवा प्रदान गर्ने प्रयास निरन्तर जारी राखेकी छिन्।

उनको व्यावसायिक यात्राले एउटा स्पष्ट सन्देश दिन्छ कि कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्नका लागि निरन्तरता, इमान्दारिता, आत्मविश्वास र नवीन सोच अत्यावश्यक हुन्छ। एक सामान्य शुरुवातबाट अघि बढ्दै आज एजेन्सी म्यानेजर र ब्रान्च म्यानेजरको जिम्मेवारी सम्हाल्नु र दुई पटक एमडिआरटी जस्तो प्रतिष्ठित उपलब्धि हासिल गर्नु उनको अदम्य इच्छाशक्ति र समर्पणको परिणाम हो। सिटिजन लाइफ इन्स्योरेन्समार्फत उनले केवल आफ्नो करियर निर्माण मात्र गरेको नभई धेरै परिवारहरूको आर्थिक सुरक्षाको आधार पनि बनेकी छिन्। बीमाको पहुँचलाई गाउँ–गाउँसम्म विस्तार गर्ने, ग्राहकको हितलाई प्राथमिकतामा राख्ने र नीतिगत सुधारका लागि आवाज उठाउने उनको प्रयासले भविष्यमा अझ ठूलो परिवर्तन ल्याउने सम्भावना देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*