शेयर बजार दोहोरो अंकले बढ्यो, विकास बैंक र हाइड्रोपावर इन्डेक्समा हरियाली

३ चैत्र २०८२, मंगलवार १५:०९

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका ३४० वटा कम्पनीहरुको तीन करोड ४८ लाख ५२ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ १२ अर्ब तीन करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शेयर बजारमा आज बैंकिङ, विकास बैंक, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानुफ्याक्चरीङ र म्युचुअल फण्ड उप–सूचकहरुमा हरियाली छाएको छ ।

त्यस्तै, मंगलबार विभिन्न सेक्टरका १३२ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ भने ११३ वटाको शेयरमूल्य राताम्मे बनेका छन् । यस दिन रिलायन्स स्पीनिङ, सोलु हाइड्रोपावर लगायतका कम्पनीहरुको शयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*