वित्तिय साक्षरता सिकाउँदै नबिल बैंक

काठमाडौं । नबिल बैंकले ग्लोबल मनी विक अन्तर्गत देशका विभिन्न स्थानमा विद्यार्थी तथा युवा लक्ष्ति वित्तिय साक्षरता अभियान कार्यक्रम मनाइ रहेको छ। यसै सिलसिलामा सोमबार गोरखास्थित श्री सरस्वती माध्यमीक विद्यालयका विद्यार्थीले बैंकिङ प्रणाली, डिजिटल कारोबार, साइबर सुरक्षा लागयतका विषयमा व्यवहारीक जानकारी लिए।
व्यवहारीक ज्ञान सिक्न पाएको भन्दै विद्यार्थीहरुले खुशी व्यक्त गरे। सो विद्यालयकी कक्षा १२की छात्रा लक्ष्मी श्रेष्ठले बचतको महत्वो र बचत गरेको पैसा कहाँ र कसरी सुरक्षीत रुपमा राख्ने जस्ता विषयमा पाएको जानकारी निकै प्रभावकारी रहेको उनले बताइन्।
‘पैसा बैंक जस्ता भरपर्दो संस्थामा जम्मा गर्नु पर्छ। दर्ता नभएका संघ संस्थामा चाहिँ हामीले कहिल्यै पैसा जम्मा गर्न हुँदै भन्ने कुरा एकदम सहि लाग्यो,’ सिकेका कुरा मध्ये सबैभन्दा मन परेका कुरा बारे श्रेष्ठले भनिन्। सुन्दा सामान्य लाग्ने तर दैनिक जीवनमा धेरै उपयोगी हुने यस्ता कुरा अब आफ्ना साथीहरु र परिवारका सदस्यसँग पनि बाँढ्ने उनले बताइन्।
व्यवहारीक र दैनिक जीवनमा चाहिने कुरा सिक्न पाउँदा विद्यार्थीहरु उत्साहित देखिएका थिए र चाख लागेका विषयमा घरीघरी प्रश्न गर्दै ती विषयमा थप प्रष्ट हुँदै थिए। डिजिटल कारोबार गर्दा अपनाउनु पर्ने सुरक्षा उपायहरु बारे विद्यार्थीहरुले धेरै रुचि दिएर सुनेका थिए।
मोबाइलमा व्यक्तिगत र संवेदनशील विवरण हुने र त्यो गलत हातमा गए समस्या पर्न सक्ने कुरालाई विद्यार्थीहरुले निकै ध्यान दिएर सुने। ‘मोबाइल बनाउन जाँदा सिम छोड्न हुन्न भन्ने महत्वपूर्ण कुरा पनि सिकेँ,’ श्रेष्ठले भनिन्। ‘मोबाइलको सिममा पनि हाम्रा महत्वपूर्ण व्यक्तिगत विवरणहरु हुने रहेछन्। मलाई थाहा थिएन।’
यस वर्ष ग्लोबल मनी विक चैत २ देखि ८ गतेसम्म मनाइँदै छ। यस वर्षको नारा ‘स्मार्ट मनी टक्स’ रहेको छ। यस अवसरमा नबिल बैंकले देशभर रहेका आफ्ना विभिन्न शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा सहभागी धेरै विद्यार्थीहरूका रुची पनि यीनै विषयमा केन्द्रति रहेको उनीहरुले सोधेका प्रश्नबाट प्रष्ट हुन्थ्यो। धेरैले कर्जा कसरी लिने भन्ने सोधे भने कतिले धितोका रूपमा कस्ता सम्पत्ति राख्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए। कक्षा १२ मा अध्ययनरत छात्र अनिश खत्री चाहिँ विदेशबाट सहि तरिकाले पैसा पठाउने तरिका सिकेकोमा खुशि व्यक्त गरे। ‘हामीले कमाएको पैसा कसरी लगानी गर्न सकिन्छ भनेर सिक्यौं,’ उनले भने। ‘यो एकदमै उपयोगी कुरा हो। यस्तै विदेशबाट पैसा पठाउने माध्यहरु रहेछन्। त्यसबारे पनि थाहा पाइयो।’
नबिल बैंकले ग्लोबल मनी विक अभियान मार्फत देशभर रहेका करिव १ सय ९० विद्यालय मार्फत १५ हजार बढी विद्यार्थीहरुलाई वित्तिय शिक्षाबारे जागरण गर्ने योजना बनाएको छ।












