आज घोडेजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

४ चैत्र २०८२, बुधबार ०८:१६

काठमाडौं । चैत कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकाभर विविध कार्यक्रम सहित उल्लासपूर्वक मनाइँदैछ। यस अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ। परम्परागत रूपमा यो पर्व उपत्यकावासीको एक प्रमुख सांस्कृतिक चाडका रूपमा लिइन्छ।

घोडेजात्राको मुख्य आकर्षण टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजना गरिने घोडा दौड, घोडा कौशल, युद्धकला प्रदर्शन तथा सैनिक कला प्रदर्शन हो। हजारौं दर्शकको सहित राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा टुँडिखेलमा उक्त कला प्रदर्शनी गरिन्छ।

कथाअनुसार प्राचीन समयमा काठमाडौंको टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बस्ने ‘गुरुमापा’ नामक दुष्ट आत्मा (राक्षस) ले मानिसहरूलाई दुःख दिने, बालबालिकालाई तर्साउने र समाजमा आतंक फैलाउने गर्थ्यो। अन्ततः स्थानीयवासीहरूले उक्त आत्मालाई घोडाको टापले कुल्चाएर मारी टुँडिखेल क्षेत्रमा गाडेका थिए। त्यसपछि पनि त्यो आत्मा पुनः नउठोस् भनेर हरेक वर्ष घोडा कुदाएर त्यसको आत्मालाई दबाइराख्ने विश्वासका साथ घोडेजात्रा मनाउने परम्परा शुरु भएको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*