विज्ञताको आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने

४ चैत्र २०८२, बुधबार १४:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विज्ञताका आधारमा मन्त्री छनौट गरिने बताएका छन्। उनले रास्वपाले आफ्ना नयाँ सांसद लक्षित दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

विज्ञताको मूल्यांकन गरेर पार्टीले मन्त्री छान्ने भएकाले मन्त्री बनाइदिन भनेर दौडधूप नगर्न पनि उनले निर्देशन दिएका छन्। मन्त्री बन्नका लागि मिडियाबाजी नगर्न पनि उनले आग्रह गरेका छन्। उनले आफ्नो क्षेत्रमा बजेट लैजान भन्दा पनि समग्र देशको विकासमा ध्यान दिन आफ्ना नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*