प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

४ चैत्र २०८२, बुधबार १६:१९

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

भेटमा अध्यक्ष दाहालले कठिन र चुनौतीपूर्ण परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिए।

जवाफमा प्रधानमन्त्री कार्कीले आफू एक्लैले भन्दा पनि सबैको सहयोग, सद्भाव र क्रियाशीलताले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताइन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*