बेनी हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि निष्काशन गरिरहेको प्रथम चरणको आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ आज बन्द हुँदैछ।
कम्पनीले प्रथम चरणमा प्रतिकित्ता १०० रुपैयाँका दरले १० लाख ४० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेकोमा वैदेशिक रोजगारीमा रहेकाले आज चैत ५ गतेसम्म मात्रै आवेदन दिन सक्नेछन्। आयोजना प्रभावितको अवधि भने चैत १५ गतेसम्म रहेको छ।
यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। पहिलो चरणको आईपीओ बाँडफाँड पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरिनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ।












