बन्दिपुरमा मालबाहक ट्रक अनियन्त्रित भई दुर्घटनाग्रस्त, दुई जना घाइते

५ चैत्र २०८२, बिहीबार १२:३६

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–४ स्थित केबुलकार गेट नजिकै आज बिहान एक मालबाहक ट्रक दुर्घटना भएको छ।

पोखरा जाँदै गरेको ग२ख १९६३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रकमा सवार दुई जना घाइते भएका छन्। उनीहरुको डुम्रेस्थित अस्पतालमा उपचार भइरहेको छ।

सडकमा ट्रक पल्टिएपछि यात्रा गर्दै गरेका अन्य सवारी साधनहरू असुविधामा परेका थिए। स्थानीय प्रहरीले दुर्घटनास्थलको नियन्त्रण लिएको छ र थप विवरण संकलन भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*