भुजुङ्ग हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

५ चैत्र २०८२, बिहीबार १४:३५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको १ करोड कित्ता शेयर सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको २० लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरको ८० लाख कित्ता शेयर गरी कुल १ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीलाई ९० रुपैयाँ ४ पैसादेखि २७० रुपैयाँ १२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*