निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचन प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझायो

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। बिहीबार शीतलनिवासमा आयोगका पदाधिकारीसहितको टोलीले प्रतिवेदन बुझाएको हो।
आयोगले आजै समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको थियो।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष र समानुपातिक गरी कुल १८२ सिट जित्दै दुईतिहाइभन्दा नजिक पुगेको छ। दोस्रो ठूलो पार्टी नेपाली कांग्रेसले ३८ सिट जितेको छ।
नेकपा (एमाले) २५ सिटमा सिमित भएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १७ सदस्यीय भएको छ। श्रम संस्कृति पार्टी सात सदस्यीय सांसदसहित उदाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ५ सांसद छन्।
निर्वाचन परिणाम बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ र अब सरकार गठनको प्रक्रिया सुरु हुने जनाइएको छ।












