वाणिज्य विभागद्वारा १३ फर्ममा छापा, दुईलाई जरिवाना

६ चैत्र २०८२, शुक्रबार १०:२०

काठमाडौँ । कानुनविपरीत व्यापार व्यवसाय सञ्चालन गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गरेको छ ।

विभागले गरेको स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि काठमाडौँ महानगरपालिका–सिनामङ्गलस्थित जमकटेल फर्मालाई रु दुई लाख पाँच हजार जरिवाना गरिएको हो । त्यस्तै, भक्तपुरको सल्लाघारीमा अवस्थित ख्वप हार्डवेयरलाई रु २० हजार जरिवाना गरिएको विभागले जनाएको छ ।

उक्त दुवै फर्मले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको पुष्टि भएपछि कानुनी कारबाहीस्वरूप जरिवाना गरिएको विभागको भनाइ छ ।

यसैबीच, अनुगमनकै क्रममा कैफियत देखिएका थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । विभागले ती फर्मलाई आवश्यक कागजात व्यवस्थापन, मूल्य सूची प्रदर्शन तथा गुणस्तर कायम गर्न निर्देशन दिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*