निरन्तर सुनको मूल्यमा भारी गिरावट, शुक्रबार प्रतितोला कति ?
६ चैत्र २०८२, शुक्रबार १०:४५

काठमाडौँ । पछिल्लो केहि दिन यता सुनको मूल्यमा भारी गिरावट आइरहेको छ । आज पनि सुन तोलामा सात हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको हो ।
यता, चाँदी तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।












