सुदूरपश्चिम र कर्णालीमा सिमसिमे वर्षा

काठमाडौं । देशका केही स्थानमा पानी पर्न सुरु भएको छ । शुक्रबार चैत ६० बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भएको छ । लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनरचट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस दिन देशभर नै वर्षाको पूर्वानुमान छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको विभागले जनाएको छ ।
कोसी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन–चट्याङ, असिना, हावाहुरीसहित मध्यम वर्षा–हिमपातको सम्भावना छ । वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा पनि मेघगर्जन–चट्याङ, असिना, हावाहुरीसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
कोसी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान छ । “कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक–दुई स्थानमा समेत भारी वर्षाहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।












