डोटीमा सन नेपाल लाइफद्वारा वृक्षारोपण

८ चैत्र २०८२, आईतवार ०७:२५

काठमाडौं । अन्तर्राष्ट्रिय जंगल दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा डोटी जिल्लाको आदर्श गाउँपालिका–७, दडीमाडा गाउँमा वृक्षरोपण गरेको छ।

सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको ८ हजार बिरुवा रोपण अभियानको पहिलो चरणमा १ हजार कागतीका बिरुवा रोपिएको कम्पनीले जानकारी दिएको छ।

उक्त कार्यक्रम सन नेपाल लाइफका सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतम, सन नेपाल लाइफका डडेल्धुरा शाखा प्रमुख खगराज शाह तथा स्थानीयबासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कम्पनीका अनुसार कागतीका बिरुवा रोप्नुका साथै स्थानीय समुदायलाई हस्तान्तरण समेत गरिएको छ। वृक्षरोपण अभियानले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा स्थानीय स्तरमा फलफूलजन्य उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वासका साथ कम्पनीले यो कार्यक्रम अघि बढाएको हो।

सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोडेर समुदायमुखी कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। स्थानीय तहमा यस्ता अभियानले वातावरणीय सन्तुलन कायम गर्न, हरियाली प्रबर्द्धन गर्न तथा भूमि संरक्षण गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा कम्पनीले गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*