एनआइसी एशिया लघुवित्तका सीईओ चोलराज शर्मा जोशीले दिए राजिनामा
८ चैत्र २०८२, आईतवार ११:१९

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चोलराज शर्मा जोशीले राजिनामा दिएका छन् । कम्पनी सञ्चालक समितिको चैत ८ गते बसेको बैठकको निर्णयले जोशीको राजिनामा स्वीकृत गरेको हो ।
साथैं, सोही बैठकले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेतलाई आजैदेखि लागु हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको छ ।
1774155109240











