ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मृत्यु

८ चैत्र २०८२, आईतवार १२:०९

काठमाडौँ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धि मा रहेको एक इँट्टाभट्टामा आइतबार बिहान भएको दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्दै आएकी रुकुमकी ५५ वर्षीया तिल्सरी खड्का पर्खाल भत्किँदा गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य चार जना कामदार पनि घाइते भएका छन्। घाइते हुनेहरूमा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेका छन्। तीमध्ये गम्भीर घाइते चन्दलाई थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।

घटनालगत्तै नेपाल प्रहरी को प्रहरी वृत्त सातदोबाटो बाट खटिएको टोलीले उद्धार तथा अनुसन्धानको काम अघि बढाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*