१२ खर्ब ८९ अर्बको आयात हुँदा १ खर्ब ९१ अर्बको निर्यात, चुलियो व्यापार घाटा

८ चैत्र २०८२, आईतवार १४:३०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालले १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशतले बढी हो।

गत आवको सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँको आयात भएको थियो।

त्यसैगरी, निर्यातमा पनि वृद्धि देखिएको छ। यस अवधिमा निर्यात २०.८३ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा निर्यात १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँमा सीमित थियो।

भन्सार विभागका अनुसार आयात–निर्यात अनुपात घटेर ७.२४ प्रतिशतबाट ६.७५ प्रतिशतमा आएको छ।

आयात निर्यातको असन्तुलनका कारण व्यापार घाटा पनि बढेको छ। चालु आवको आठ महिनामा व्यापार घाटा ११.२२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*