नेशनल लाइफसहित ६ कम्पनीको बोनश शेयर सूचीकृत, कसको कति ?

८ चैत्र २०८२, आईतवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न सेक्टरका ६ वटा कम्पनीहरुको बोनश शेयर सूचीकृत भएको छ ।

आइतबार साना किसान विकास लघुवित्तको १४ दशमलव २५ प्रतिशत बोनश वापत ६१ लाख ४५ हजार ४८५ कित्ता, नेपाल एसबिआई बैंकको ४ प्रतिशत बोनश वापत ४३ लाख ५९ हजार ६६३ कित्ता र माउन्टेन इनर्जी नेपालको २० प्रतिशत बोनश वापत ५२ लाख ५ हजार ४३१ कित्ता बोनश शेयर सूचीकृत भएको छ ।

साथै कालिञ्चोक दर्शनको ५ प्रतिशत बोनश वापत ३ लाख कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनश वापत २१ लाख ८९ हजार ९५ र सिद्धार्थ बैंकको ५ प्रतिशत बोनश वापत ७० लाख ४४ हजार ९९० कित्ता बोनश शेयर सूचिकृत भएको छ । सो शेयर भोलिदेखि कारोबारमा आउने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*