अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

९ चैत्र २०८२, सोमबार १०:३०

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन गरिएको छ। अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्य समितिको बैठकले नाडाको विधान २०७१ (संशोधन सहित) को दफा २०.७ बमोजिम पुस २५ गते काठमाडौँमा सम्पन्न निर्वाचनबाट निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी चयन गरी नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो।

नयाँ कार्यसमितिमा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती रहेका छन् भने निवर्तमान अध्यक्षमा करणकुमार चौधरी रहेका छन्। संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा विक्रम सिंहानिया र अभिक ज्योति, महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल तथा सहकोषाध्यक्षमा निलमणी पाठक रहेका छन्।

संस्थागत सदस्यहरूबाट प्रदेश सदस्यका रूपमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा चयन भएका छन्। साधारण सदस्यहरूबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी र विमल साह सदस्यमा चयन भएका छन्।

त्यसैगरी अध्यक्षबाट दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरीलाई मनोनित सदस्यका रूपमा समावेश गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*