एक्सनमा बीमा प्राधिकरण: आठ बीमा कम्पनी कारवाहीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरण एक्सनमा उत्रिएको छ । बीमा प्राधिकरणले बीमा ऐन अन्तर्गत काम नगर्ने आठ बीमा कम्पनीलाई कारवाही स्वरुप दुई लाख रुपैयाँ जरिवना तिराउने निर्णय गरेको छ ।
बीमा कम्पनीहरुले निर्देशन अनुसार काम नगरेको भन्दै प्राधिकरणले स्पष्टीकरण सोध्दै चित्तबुझ्दो जवाफ नआएको भन्दै कारवाही गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको सञ्चालक समितीको बैठकमा पनि यस निर्णय पारित गरिएको हो । प्राधिकरणका अनुसार कारवाहीमा पर्नेहरुमा नेपाल रि, हिमालयन रि, नेको इन्स्योरेन्स, एलियन्ट इन्स्याेरेन्स ब्राेकर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स र हिमालयन लाइफ छन् ।
यी कम्पनीहरुलाई प्रति कम्पनी दुई लाख रुपैंयाँको दरमा नगद जरिवाना गरिएको प्राधिकरणले जनाएको छ । ति कम्पनीहरुलाई प्राधिकरणले नियम विपरित कार्य गरेको भन्दै कारवाही गर्ने निर्णय गरेको हो ।












