नेपालमा सार्वजनिक भयो जेको ‘जे ६ टी’: ४३१ किमी रेन्ज-२२५ मिमी ग्राउन्ड क्लियरेन्स, मूल्य कति ?

९ चैत्र २०८२, सोमबार १४:३८

काठमाडौं । नेपालमा ओमोडा जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नयाँ विद्युतीय गाडी ‘जेको जे ६ टी’ (J6T) गाडी औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो गाडी देशभरका सबै ओमोडा र जेको आधिकारिक शोरुमहरूमा उपलब्ध रहेको छ र प्रारम्भिक अफर अन्तर्गत ६६ लाख ९९ हजारमा खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

नयाँ जेको जे सिक्स टी बेस्ट-इन-सेग्मेन्ट इलेक्ट्रिक अल–रोडरको रूपमा डिजाइन गरिएको छ। यसको स्वरूप विश्वप्रसिद्ध ल्याण्ड रोभर डिफेन्डरबाट प्रेरित भएको छ, जसले बलियो, आकर्षक र बाकस जस्तो देखिने डिजाइन प्रदान गर्दछ। यस गाडीमा रियर–व्हील ड्राइभ भेरियन्ट उपलब्ध छ र यसको बजार मूल्य ६८ लाख ९९ हजार तोकिएको छ।

जे सिक्स टी मा रियर–माउन्टेड मोटर जडान गरिएको छ, जसले २२१ एनएम टर्क उत्पादन गर्छ। यसमा विश्वकै उत्कृष्ट सीएटीएल कम्पनीको लिथियम–आयरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ । जसले पूर्ण चार्जमा ४३१ किलोमिटरसम्मको यात्रा तय गर्न सक्ने क्षमता प्रदान गर्छ। गाडीको ग्राउन्ड क्लियरेन्स २२५ मिलिमिटर रहेको छ जसले नेपाली कच्ची सडक र कठिन अफ–रोड परिस्थितिमा सजिलै गुड्न सक्ने बनाएको छ।

गाडीको आयाम ४,४३३ मिलिमिटर लम्बाइ, १,९१६ मिलिमिटर चौडाइ, १,७४१ मिलिमिटर उचाइ र २,७१५ मिलिमिटर ह्वीलबेसमा उपलब्ध छ। यसमा १९ इन्चका टायर, १५.६ इन्चको मुख्य टचस्क्रिन, चालकका लागि ९.२ इन्चको डिजिटल इन्स्टुमेन्ट प्यानल, ५० वाटको वायरलेस मोबाइल चार्जर र आठ स्पिकर जडान गरिएको छ।

नयाँ जेको जे सिक्स टीले जे सिक्सको सफलतालाई अझ मजबुत बनाउँदै उत्कृष्ट ड्राइभिङ अनुभव, रग्ड डिजाइन र आकर्षक स्टाइलिङ प्रदान गर्ने लक्ष्य राखेको छ। कम्पनीका अनुसार यस गाडीले साहसिक यात्रा र कठिन सडक अवस्थाका लागि विशेष उपयुक्तता प्रदान गर्नेछ।

औपचारिक सार्वजनिक कार्यक्रममा शारदा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदा, निर्देशक गौरव शारदा, अटोमोबाइल क्षेत्रका प्रतिष्ठित अतिथि, सञ्चारकर्मी तथा ग्राहकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गाडीको विशेषताहरू र नयाँ प्रविधि तथा भरपर्दो अनुभव प्रदान गर्ने उद्देश्यलाई विशेष रूपमा उजागर गरिएको थियो।

एसपीजी अटोमोबाइल्सले नेपालको तीव्र गतिमा विकास भइरहेको एसयूभी बजारमा आफ्नो उपस्थिति अझ सुदृढ गर्दै नवीन प्रविधियुक्त, विश्वासिलो र साहसिक ड्राइभिङ अनुभव ग्राहकसम्म पुर्‍याउने लक्ष्य राखेको छ। नयाँ जेको जे सिक्स टी हाल देशभरका सबै आधिकारिक शोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*