निरुको साहारा बन्यो बीमा व्यवसाय, सिटिजन प्रवेशसँगै भरियो उत्साह

९ चैत्र २०८२, सोमबार १६:०२

जिन्दगीको मोडमा कतिबेला के आईपर्छ ठेगान हुँदैन । जिन्दगीको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला बीमा अभिकर्ता निरु रेग्मी बसेलले निश्चित राजमार्गमा आफ्ना पाईलाहरू अगाडि बढाइरहेकी छिन् । शायद अब उनलाई ती अफ्ठ्यारा घुम्तीहरूमा फेरि ठोक्किन पर्ने छैन । ती अफ्ठ्यारा घुम्तिहरू पार गर्न उनलाई सिटिजन लाइफ इन्स्योरेन्सले ठूलो सहयोग गरेको छ ।

पर्वत जिल्लामा जन्मिएकी निरु यतिबेला बुटवललाई कर्मथलो बनाएर बीमा व्यवसायमा तल्लिन छिन् । आफ्नो जिन्दगी बीमा क्षेत्रमा समर्पण गरेकी निरु आफू र आफ्नो परिवारको सुन्दर भविष्य, आफ्ना इष्टमित्र, आफन्तजन तथा आम सर्वसाधारणलाई बीमाको माध्यमबाट जोखिम हस्तान्तरण गर्ने अनि देश निर्माणको लागि पूँजी जुटाउने महान् अभियानमा छिन् । उनको यात्रा निरन्तर चलिरहेको छ दैनिक रूपमा फैलिंदै र झाँगिदैछ ।

बीमा व्यवसायी भएसँगै उनको जिवन मात्रै होइन हजारौं मान्छेहरू जसले बीमा गराए वा बीमा अभिकर्ता बने उनीहरू समेत सुरक्षित भएका छन् । उनीसँग बीमा गरेका सयौं बीमितहरू यतिबेला जिन्दगीको घुम्तीमा कोही कतै दुर्घटना भएपनि सुरक्षित हुने बाटो तय गरेका छन् ।

भनिन्छ मानिसको जीवनमा नयाँ मोड कतिबेला आउँछ त्यो त केवल नियतीलाई मात्रै थाहा हुन्छ । आफ्नो जीवनको सानो जोखिम रक्षावरण गर्न जीवन बीमा गर्दा उनको जीवनको गन्तव्य र लक्ष्य मात्रै फेरिएन अब जीवनको परिचय नै बद्लिएको छ । जीवनको सुरुवाती समयदेखि नै आफुलाई आत्मनिर्भर बनाउँले उद्देश्यले अघि बढेकी उनले २०८० साल कात्तिक महिनामा सिटिजन लाइफ इन्स्योरेन्सबाट बीमा व्यवसायको थालनी गरेकी हुन् ।

पर्वत जिल्लाको कुश्मा नगरपालिकामा जन्मिएकी निरु न सानैदेखि पढाई–लेखाईमा रुचि राख्ने गर्थिन् । सयौं अभाव र समस्यासँग लड्दै रुपन्देहीमा रहेको न्यू लाइट कलेजबाट २०७३ सालमा स्नातक उत्तिर्ण गरेकी हुन् ।

जिन्दगीको गोरेटोमा स्नातक तह पास भएपछि घर परिवारको सल्लाह बमोजिम २०७४ सालमा वैवाहिक बन्धनमा बाधिन पुगिन् । विवाहपछि श्रीमानसँग जापानमा तीन वर्ष समय बिताइन् र पछि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचसहित श्रीमान–श्रीमती नेपाल होमिए । समय वित्दै जादै थियो । उनीहरुले बुटवलमा आफ्नै कन्सल्टेन्सी खोलेर राम्रो व्यवसाय गरिरहेका थिए । घर परिवारमा खुशी थियो ।

व्यवसायले राम्रो लय समातिरहेको समयमा उनका श्रीमानको हत्या भयो । घर परिवारको प्रमुख व्यक्ति नै संसारमा नरहनुको पिडा त थिथो नै त्यो भन्दा पनि बढी उनलाई आफ्नो छोराको चिन्ता थियो । आर्थिक रुपमा पनि विस्तारै अप्ठ्यारो हुदै गयो । करिव दुई वर्ष उनलाई त्यो घटनाबाट बाहिर आउन समय लागेको बताउँछिन्, निरु ।

समस्याले बज्रपात परेपछि उनले बुटवलमा रहेको अक्सफोर्ड एजुकेशनमा आवद्ध भएर काम गर्न थालिन् । विस्तारै दिनहरु बित्दै गए । छोराको अध्ययन गर्ने विद्यालयका प्राधानाध्यापक मार्फत सो कन्सलटेन्सीमा रोजगार पाइन् । पछि विस्तारै उनी अक्सफोर्ड एजुकेशनकी ओनरको सल्लाह बमोजिम सिटिजन लाइफ इन्स्योरेन्समा जोडिन् पुगेकी हुन् ।

घरधन्दा र जागिरीबाट फुर्सद मिलाएर उनले सर्वसाधारणको बीमा गराउने गरेकी छिन् । आफ्ना इष्टमित्र तथा आफ्ना देश तथा विदेशमा भएर साथी–भाईहरुको बीमा गराएर उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गरीरहेकी छिन् ।

बुटवलको कन्सल्टेन्सीमा काम गर्दै आएकी निरु लाई बीमा अभिकर्ता बन्दै गर्दा सफल होला कि नहोला भन्ने मनभित्र डर त थियो तर त्योभन्दा ठूलो आँट, विश्वास र सफल भएरै छाड्ने उनमा दृढता थियो । त्यही दृढताले आज उनलाई सिटिजन लाइफको व्यवसायिक तथा सफल एजेन्सी म्यानेजरको रूपमा सबैले चिनेका छन् ।

‘बीमा क्षेत्रमा आएपछि आफ्नो निश्चित उद्देश्य तथा लक्ष्य बनाएर अघि बढ्नुपर्छ यसैमा धेरै पैसा छ र अर्को कुरा विदेश जान आवश्यक नै छैन । अभिकर्ताहरूले विभिन्न प्रलोभन देखाएर कहिल्यै बीमा गराउनु हुदैन । शर्तमा भएका कुराहरू उल्लेख गरी बीमा गराउँदा दाबी भुक्तानी तथा भविष्यमा कुनै पनि प्रकारका समस्या आउँदैनन् । केही अभिकर्ताहरुको गल्तीको कारण आजभोलि हामीले विभिन्न नानाथरी कुरा सुन्नु पनि परेको छ ।’

‘मेरो आफ्नै घटनासँग तुलना गर्दा समेत जीवन बीमा निकै महत्वपूर्ण रहेको छ । मानिसहरुको बीमा प्रति कस्तो बुझाइ छ, त्यो थाहाँ पाएपछि अनि बल्ल राम्रोसँग बुझाएर बीमा गराउन सकिन्छ ।’ उनले भनिन् ।

सिटिजन लाइफ इन्स्योरेन्स प्रवेश भएसँगै उनले व्यक्तिगत कोडमा दर्जनौ नागरिकहरुको जीवन बीमा गरी सकेकी छिन् । उनले भनिन्, ‘मलाई यो पेशाले आर्थिक तथा सामाजिक रुपमा आफुलाई स्थापित गराउँन निकै सहयोग गरेको छ । यत्रो समय जव गरे केही पाएन, तर यसमा आर्थिक सहायताका साथ साथै सन्तुष्टी पाएको छु ।’ अभिकर्ता पेशाबाट आर्थिक रुपमा आत्म निर्भर हुनुका साथै मान सम्मान कमाएकोप्रति उनी निकै खुशी छिन् ।

‘आफ्नो घरपरिवारसँग दुःख सुख बिताउँदै कसैको करकाप सहनु नपर्ने र कुनै लगानी गर्नु नपर्ने, स्वतन्त्र रूपले गर्न सकिने पेशा अभिकर्ता पेशा हो यसैले मलाई यसमा आकर्षित बनाएको हो। यसमा साम दामका साथै इज्जत पनि छ ।’

‘मैले आफुलाई विश्वास गर्ने मानिसहरुको जीवन बीमा गराएको छु । अव यता गाउँ घरमै बसोबास गरीरहेका मानिसहरुले क्षमता अनुसारको साना–साना पोलिसी लिएका छन भने विदेशमा भएका मानिसहरुले ठूलो पोलिसी लिएका छन् ।’

‘आफु लगातार लागेको खण्डमा अभिकर्ता पेशा सजिलै जस्तो लाग्छ । राम्रो छ । तर, कुनै अभिकर्ताहरुको गलत विगतका कारण कहिले काहि विभिन्न कुराहरु सुन्नु परेको छ । दावी भुक्तानीमा बीमितले नै कागजात संकलन गर्न नसक्दा समेत दावी दिएन्, ढिला दियो भन्ने लगायतका भास्य पैदा गरिएका छन् । यस्ता कुराहरुलाई चिरेर अघि बढ्न आवश्यक छ ।’

‘मैले सकेसम्म जीवन बीमा छोड्दीन । यसै पेशालाई आउँदा दिनमा पनि आत्मसाथ गरेर अघि बढ्ने निधो बनाएकी छु । अव आजकल धेरैले सामाजिक सञ्जालबाट पनि राम्रो व्यवसाय गरिरहेका छन्, तर मैलै सोसियल मिडियाबाट भन्दा पनि प्रत्यक्ष रुपमा चिनजान भएकाहरुको बीमा गरेकी छु ।’

सिटिजन लाइफ इन्स्योरेन्स प्रवेश गरेको सुरुवाती वर्षमै सिल्भर क्लव र गत आर्थिक वर्षमा गोल्ड क्लबमा छनौट हुन सफल भएकी छिन् । सिटिजन लाइफमा प्रवेश गरेसँगै निरु को जीवनमा आमूल परिवर्तन आएको छ । उनी अभिकर्ता बनेसँगै आत्मविश्वास बढ्नुका साथै कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ प्रतिस्पर्धासँग जुध्दै उनले देशका सयौं नागरिकहरूको बीमा गरेर जीवनको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*