एनआईसी एशिया क्यापिटलमा इन्टर्न कर्मचारी माग, कसरी दिने आवेदन ?

९ चैत्र २०८२, सोमबार १६:२५

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले विभिन्न विभागका लागि इन्टर्न पदमा आवेदन माग गरेको छ ।

कम्पनीले लेखा, पोर्टफोलियो व्यवस्थापन सेवा तथा निक्षेप सहभागीसम्बन्धी विभागका लागि इन्टर्न पदमा आवेदन माग गरेको हो । उक्त पदका लागि व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक उत्तीर्ण वा एसीसीए अध्ययनरत उम्मेदवारले आवेदन दिन सक्नेछन्।

इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी कम्पनीको इमेलमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम चैत १९ गते तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*