बैंक तथा वित्तिय संस्थाको बिदाको तालिका सार्वजनिक

९ चैत्र २०८२, सोमबार १६:४१

काठमाडौं। नेपाल राष्ट्र बैंकले २०८३ सालमा बैंक तथा वित्तिय संस्थाको बिदा तथा सेवा सञ्चालनसम्बन्धी तालिका सार्वजनिक गरेको छ। आगामी बर्ष कुल ३५ दिन बैंक बिदा रहने राष्ट्र बैंकले जनाएको छ। जसलाई विभिन्न श्रेणीमा वर्गीकरण गरिएको छ। सूचना अनुसार बिदा बाहेकका दिनमा वर्षको समयावधिअनुसार बैंक तथा वित्तीय संस्थाको सेवा समय फरक–फरक रहने व्यवस्था गरिएको छ।

वैशाख १ देखि कात्तिक १५ सम्म तथा माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुनेछ। त्यसैगरी कात्तिक १६ देखि माघ १५ सम्म सेवा समय घटाई बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कायम गरिनेछ। साप्ताहिक रूपमा प्रत्येक शुक्रबार बैंकहरू सीमित समयका लागि मात्र खुल्नेछन्। उक्त दिन बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म मात्र सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ।

त्यस्तै, बैंकिङ कारोबार सञ्चालनको समय पनि मौसमअनुसार समायोजन गरिएको छ। वैशाख १ देखि कात्तिक १५ सम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कारोबार समय बिहान १० बजेदेखि साँझ ४ बजेसम्म रहनेछ । कात्तिक १६ देखि माघ १५ सम्म भने कारोबार समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*