सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एक्चुरीयल एनालिष्ट माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
९ चैत्र २०८२, सोमबार १७:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले तीन जना एक्चुरीयल एनालिष्ट माग गरेको छ । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले सो पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीका अनुसार सो पदमा आवेदन दिनको लागि सम्बन्धित विधामा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । नेपाली जीवन बीमा कम्पनीहरुमा कम्तिमा तीन महिनामा काम गरेको हुनुपर्ने अनुभव हुनुपर्ने छ ।
इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी यही चैत १७ गतेभित्र कम्पनीको आधिकारीक इमेलमार्फत आवेदन दिन सक्नेछन् ।













