डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
१० चैत्र २०८२, मंगलवार ०७:२०

काठमाडौं । डोटी जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्लामा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका अन्दाजी २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिक रहेका छन्।
दुर्घटना राति बरीब साढे १२ बजे भएको हो। गिरीचोकबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सु.प.प्र ०१ ००१ च ३९२३ नम्बरको बालेरो जीप घुम्तीबाट खस्दा दुर्घटनामा परेको हो।












