लघु निर्जीवन बीमा कम्पनीले आठ महिनामा कमाए ८२ करोड बीमाशुल्क

१० चैत्र २०८२, मंगलवार १२:३५

काठमाडौं । चार वटा लघु निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/०८३ को आठ महिना अर्थात् फागुनसम्म ८२ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुलक आर्जन गरेका छन्।

सबैभन्दा बढी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २२ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २१ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

त्यसैगरी ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १९ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १८ करोड ४० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको तथ्यांकले देखाएको छ।

चालू आवको फागुन मसान्तसम्ममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ८७ हजार ५१७, नेपाल माइक्रो इन्स्योरेन्सले ७७ हजार ९२१, ट्रष्ट माइक्रो इन्स्योरेन्सले ६० हजार ४३ र स्टार माइक्रो इन्स्योरेन्सले ८० हजार ४५० वटा बीमालेख जारी गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*