सातै प्रदेशमा सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वटै प्रदेशमा रहेका आफ्ना १०८ शाखा कार्यालयहरूबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर ‘स्मार्ट मनी टक्स २०२६’ भन्ने मूल नाराका साथ चैत्र २ देखी ८ गतेसम्म संचालन भएको ‘ग्लोबल मनि विक–२०२६’ हजारौं सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्रदान गरेर सम्पन्न गरेको छ। यस ग्लोबल मनि विकबाट करिब ६ हजार मानिस लाभान्वित भएका छन्।
ग्लोबल मनि विक अन्तर्गत बैंकले कोशी प्रदेशको बनिगामा, बिर्तामोड, दिक्तेल, इटहरी, गाईघाट, इनरुवा, लौकाही, दुहबी, हरिनगर, दमक, पथरी, हल्दिबारी, कञ्चनबारी २, डाँगीहाट र विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। त्यस्तै मधेश प्रदेशको कञ्चनरूप, लोहरपट्टी, पथलैया, बर्दिबास, फतेपुर, वीरगञ्ज, महेन्द्रनगर (धनुषा), पाटो, औरही, गौशाला, धनुषाधाम, गरुडा, कल्याणपुर, लाहान, निजगढ, रामगोपालपुर, बोदेबरसाइन, र राजविराजमा कार्यक्रम गरेको छ।
बाग्मती प्रदेशको चरिकोट, कुलेश्वर, कलंकी, ग्वार्को, बनेपा, नारायणघाट, सिनामंगल, मंगलपुर , धार्के, हेटौडा, नयाँ बानेश्वर, सिन्धुली, देविघाट, पानीपोखरी, भैंसेपाटी, धुम्बाराही, ठसिखेल, हरिहरपुरगढी, इमाडोल, ज्यामिरे, काडाघारी, कुपण्डोल, कोटेश्वर, मनहरी, डिल्लीबजार, टोखा र थापाथलीमा कार्यक्रम गरेको जनाएको छ।
यता गण्डकी प्रदेशको भोटेओडार, चामे, कावासोती, धारापानी, कोल्हुवा, बिरौटा, पोखरा, बागलुङ, अमरापुरी, अरुणखोला र दमौलीमा कार्यक्रम भएको छ भने लुम्बिनी प्रदेशको जिमिरेभर, रामापुर, ओडारी, बढैयाताल, बेलाटारी, भालुही, महेशपुर, परासी, सिद्धार्थनगर, कोहलपुर, शीतलनगर, घोराही, गुलरिया, भुताहा, इमिलिया, झिमरुख, लमही, मुरगिया, तौलिहवा, तुलसीपुर, सिमलचौर, बंगलाचुली, सुनवल, रानीबगिया, भुमही र जितपुरमा कार्यक्रम गरेको छ।
त्यसैगरी कर्णाली प्रदेशको जुफाल, सिमीकोट, दुल्लु, जुम्ला, डोल्पा, गमगढी, सुर्खेत र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको अत्तरिया, ढकारी र बझाङमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ।
यस कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्र्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ। यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो। नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ। यसबाट बंैकिङ्ग प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ।












