तेजो थोगाम ३७ मेगावाट जलविद्युत आयोजना अघि बढ्यो, डीपीआर र बोलपत्र सम्झौता सम्पन्न

काठमाडौं। ३७ मेगावाट क्षमताको तेजो थोगाम खोला पिआरओआर जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र बोलपत्र तयार गर्न परामर्श सेवा सम्झौता भएको छ।
आयोजनाको प्रवर्द्धक कम्पनी स्नोफल हाइड्रोपावर प्रा. लि. र परामर्शदाता कम्पनी स्लेसा इन्जिनियरिङ कन्सल्टेन्सी प्रा. लि. (सेकोन) बीच सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा स्नोफल हाइड्रोपावरका अध्यक्ष प्रकाश दुलाल र स्लेसा इन्जिनियरिङका अध्यक्ष शशी शर्मा भण्डारीले हस्ताक्षर गरे।
सम्झौता अनुसार स्लेसा इन्जिनियरिङले आयोजनाको पूर्ण विस्तृत सम्भाव्यता अध्ययन, डीपीआर र बोलपत्र तयार गर्ने जिम्मेवारी पाएको छ।
स्नोफल हाइड्रोपावरका अध्यक्ष दुलालले आयोजनालाई नेपाल ऊर्जा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले निर्माण प्रक्रियामा अगाडि बढाइएको जानकारी दिएका छन्।












