याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

११ चैत्र २०८२, बुधबार ०६:५८

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ । कम्पनीलेचैत ८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २८ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएको हो। जसमध्ये ७ लाख कित्ता आयोजना प्रभावितलाई र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारेलाई निष्काशन गरेको हो।

आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दाहरूले र वैदेशिक रोजगारेलाई छुट्याइएको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिंदा आयोजना प्रभावितले कम्तीमा १० कित्ता र बढीमा ७ हजार कित्ता माग गर्न सक्नेछन् भने वैदेशिक रोजगारेले कम्तीमा १० कित्ता र बढीमा २१ हजार कित्ता माग गर्न सक्नेछन्। आयोजना प्रभाविततर्फको निष्काशन बन्द छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ७ गते हुनेछ ।

आयोजना प्रभावितले सिन्धुपाल्चोकस्थित याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको कार्यालयका साथै सिन्धु विकास बैंक लिमिटेड, कुमारी बैंक लिमिटेडको जुगल गाउँपालिकास्थित शाखा कार्यालय र सिन्धु विकास बैंककै चौतारास्थित कार्यालयबाट आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*