उन्नति सहकार्य लघुवित्तको साधारण सभा चैत २८ गते, के–के छन् एजेण्डा ?

११ चैत्र २०८२, बुधबार ०७:२८

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा चैत २८ गतेका लागि आव्हान गरेको छ । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले सो दिन बिहान १० बजे एशियन बुद्ध होटल रुपन्देहीमा बस्ने गरी बोलाएको हो ।

शेयरधनीहरुको हात भने यस वर्ष रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै लाभांश प्रस्ताव परेको छैन ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने छ भने चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति गर्दै सोको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने रित्त सञ्चालक पदमा एक जना सञ्चालक नियुक्ति गर्ने प्रस्ताव समेत सभाको एजेण्डा रहेको छ ।

त्यसैगरी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक कार्य गर्न र सम्बन्धित निकायहरूबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत सभामा रहेको छ । संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन गरी ५५.५८ प्रतिशत कायम गर्ने तथा सर्वसाधारण तर्फको शेयर स्वामित्व परिवर्तन गरी ४४.४२ प्रतिशत कायम गर्ने गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत सभामा राखिनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत १६ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*