साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले करारमा ब्यवस्थापन प्रशिक्षार्थी तह–४ का लागि चार जना कर्मचारी मागेको हो ।
उक्त पदका लागि वाणिज्य शास्त्र वा ब्यवस्थापक वा जनप्रशासन वा अर्थशास्त्र विषयमा प्रमाणपत्र तह तथा उच्च माध्यामिक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।
आवेदन दिन चाहने इच्छुकले आवश्यक कागजात संकलन गरी चैत २५ गते भित्र अनलाइन मार्फत दिन सक्नेछन् ।
Online बाट फाराम भर्ने प्रक्रिया : आवेदन फाराम Online बाट मात्र भर्न सकिनेछ । उम्मेदवारले Online मार्फत दरखास्त फाराम भर्दा https://recruit.skbbl.com.np मा आफ्नो विवरण भरी Registration गर्नुपर्नेछ। Registration पश्चात User ID/ Password को प्रयोग गरी Login गरेर Online दरखास्त फाराम भर्नु पर्नेछ । फाराममा तोकिएका सम्पूर्ण विवरणहरु भरी सो साथ उम्मेदवारको हालसालै खिचेको पासपोर्ट साइजको फोटो, दस्तखतको नमूना, नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य रुपमा scan गरी upload गर्नुपर्नेछ । दरखास्त फाराम Submit गरी परीक्षा दस्तुर भुक्तानी भए पश्चात भरिएको फाराम स्वीकृत र अस्वीकृत भएको जानकारी सम्बन्धित उम्मेदवारको मोबाइल / इमेलमा प्राप्त हुनेछ सो अनुरुपको SMS / Email प्राप्त भए नभएको सम्बन्धमा सम्बन्धित उम्मेदवारले यकिन गर्नुपर्नेछ । उम्मेदवारहरुलाई परीक्षाको प्रवेशपत्र अनलाइन मार्फत नै प्राप्त हुने हुँदा आफ्नो User ID / Pasword सुरक्षित राख्नुपर्नेछ ।













