नेपाल माइक्रो इन्स्योरेन्सले बैशाख १० गते बोलायो साधारण सभा, के छन् एजेण्डा ?

११ चैत्र २०८२, बुधबार ०८:२९

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा बैशाख १० गते बस्ने गरी आव्हान गरेको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा चितवन मिडटाउन होटल भरतपुरमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक २०८१।०८२ को बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१।०८२ को कम्पनीको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

चालु आर्थिक वर्ष २०८२।०८३ को लागि कम्पनीको बाहय् लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीले सामाजिक उत्तर दायित्व अन्तर्गत गरेको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत २६ गते बुक क्लोजको मिति तय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*