ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, अब प्रतितोला कति?
११ चैत्र २०८२, बुधबार १०:४८

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपालमा सुनको भाउ तोलामै १४ हजार ६०० रुपैयाँले वृद्धि भएको छ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।
त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा ४१५ रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९२० रुपैयाँ प्रतितोला कायम भएको छ।












