शेयर बजार २४ अंकले घट्यो, यी सूचकहरु बने राताम्मे

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा बुधबार विभिन्न सेक्टरका ३४५ वटा कम्पनीहरुको तीन करोड ५८ लाख १९ हजार कित्ता शेयर खरिद–बिक्री भएर १५ अर्ब नौ करोड चार लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस दिन व्यपार र म्यानुफ्याक्चरीङ इन्डेक्सबाहेकका अन्य सम्पूर्ण उपसूचकहरु राताम्मे बनेका छन् ।
त्यस्तै, विभिन्न सैक्टरका २१३ वटा कम्पनीहरुको शेयरमूल्य राताम्मे बनेको छ भने ४५ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । आगामी पाँच वर्षे स्थायी सरकारको सम्भावनासँगै दीर्घकालीन स्थिर वृद्धि हुने दाबी गरिएको छ।
युवा वर्गको सक्रिय सहभागिता र घोषणापत्रमा समावेश आर्थिक र लगानी प्रवद्र्धनमुखी नीति, बैंकिङ क्षेत्रको लचिलो नीति र न्यून ब्याजदरले दीर्घकालीन बजार वृद्धि सम्भव भएकोले लगानीकर्तामा सकारात्मक भावना बढेको छ ।













