आज पाँच वटा कम्पनीको शेयरमा सर्किट

११ चैत्र २०८२, बुधबार १५:११

काठमाडौं । आज बुधबार पाँच वटा कम्पनीहरूको शेयरमूल्य सर्किट लेभलमा वृद्धि भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स र सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो।

त्यसैगरी सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ भने पञ्चकन्या माई हाइड्रोपावरको ९.७७ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै विशाल बजारको ३.७७ प्रतिशत, मुक्तिनाथ डिबेञ्चर २०८४/८५ को ३.७६ प्रतिशत, हिमस्टार ऊर्जाको ३.७० प्रतिशत र एसवाई प्यानलको ३.४७ प्रतिशतले शेयरमूल्य उचालिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*