जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १ खर्बमाथि, कुनको कति ?

११ चैत्र २०८२, बुधबार १५:३६

काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुण मसान्तसम्ममा १ खर्ब २४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणले मासिक तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

फागुण मसान्तसम्ममा नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १५ अर्बको कारोबार गर्न सफल भएका छन् ।

तेस्रोमा एलआईसी नेपाल रहेको छ । १३ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, हिमालयन लाइफले ११ अर्ब ७१ करोड रुपैयाँँ, राष्ट्रिय जीवन बीमा कम्पनीको ८ अर्ब ७४ करोड रुपैयाँ, सूर्यज्योति लाइफको ७ अर्ब ४३ करोड रुपैयाँ, एशियन लाइफको ६ अर्ब ३८ करोड रुपैयाँ र सिटिजन लाइफको ५ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ।

सानिमा रिलायन्स लाइफको ४ अर्ब ७६ करोड रुपैयाँ, आइएमई लाइफले ४ अर्ब २८ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब २५ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ९० करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६६ करोड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*