नवीकरण बीमाशुल्क आर्जन १२.८० प्रतिशतले बढ्यो (तथ्यांक सहित)

११ चैत्र २०८२, बुधबार १६:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको मासिक विवरण आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आर्थिक वर्षको फागुन मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा नवीकरण बीमाशुल्क आर्जन १२.८० प्रतिशतले वृद्धि भएको हो।

हाल नेपालमा जीवन बीमा व्यवसाय गरिरहेका १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आवको आठ महीना अर्थात् साउनदेखि फागुन मसान्तसम्म ९६ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन्। यी नै कम्पनीहरूले गत आवको आठ महीनामा ८५ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए।

चालू आवको फागुन मसान्तसम्म सबैभन्दा धेरै नेपाल लाइफले २५ अर्ब ५५ करोड १३ लाख रुपैयाँ, एलआईसी नेपालले ११ अर्ब ३० करोड २० लाख रुपैयाँ, नेशनल लाइफले १० अर्ब ९६ करोड ४ लाख रुपैयाँ र हिमालयन लाइफले १० अर्ब १८ करोड १५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क उठाएको छ।

त्यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ७८ करोड ९४ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ५४ करोड २६ लाख रुपैयाँ, एशियन लाइफले ४ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ६१ करोड ९० लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ३ अर्ब ५० करोड ३६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको देखिएको छ।

त्यसपछि मेट लाइफले ३ अर्ब २३ करोड ६३ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ८० करोड ११ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ६१ करोड ८ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ६ करोड ८२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*