यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
१२ चैत्र २०८२, बिहीबार ०६:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत १२ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५०.०७ रुपैयाँ र बिक्रीमूल्य १५०.६७ रुपैयाँ कायम भएको छ।
त्यसैगरी १० जापानिज येनको खरीददर ९.४५ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ, एक कतारी रियालको खरीददर ४१.१६ रुपैयाँ र बिक्रीदर ४१.३२ रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीददर १०.०२ रुपैयाँ र बिक्रीदर १०.०६ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४८९.६२ रुपैयाँ र बिक्रीदर ४९१.५८ रुपैयाँ निर्धारण भएको छ।













