नवनिर्वाचित सांसदले आज शपथ लिंदै
१२ चैत्र २०८२, बिहीबार ०८:२५

काठमाडौं । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले आज पद तथा गोपनीयताको शपथ लिंदैछन्।
शपथ ग्रहण दिउँसो २ बजे गरिने तय भएको छ। संघीय संसद सचिवालयले सांसदहरूले प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो सहित २ घण्टा अगावै बोलाएको छ।
प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले हिजो शीतलनिवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। आज उनैले बाँकी सांसदहरूलाई शपथ खुवाउनेछन्।












