धौलागिरी लघुवित्तका सीईओ जोशीको राजिनामा स्वीकृत
१२ चैत्र २०८२, बिहीबार १०:५६

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले दिएकोे राजिनामा स्वीकृत भएको छ ।
कम्पनी सञ्चालक समितिको चैत ११ गते बसेको बैठकले सीइओ जोशिले दिएको राजिनामा स्वीकृत गरेको हो । उनको राजिनामा चैत ११ गतेदेखि लागुहुने गरी स्वीकृत गरिएको हो ।













