शपथका लागि सिंहदरबारमा सांसदहरू

१२ चैत्र २०८२, बिहीबार १३:५०

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुँदै छ । शपथका लागि सबै तयारी पूरा भइसकेको संघीय संसद सचिवालयले जनाएको छ भने सांसदहरू पनि सिंहदरबार पुगेका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*