शेयर बजार दोहोरो अंकले बढ्यो, उत्पादन र हाइड्रो सेक्टरमा उछाल

१२ चैत्र २०८२, बिहीबार १५:०९

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज हाइड्रोपावर र बैंकिङ इन्डेक्समा हरियाली छाएको छ । बिहीबार विकास बैंक र लाइफ इन्स्योरेन्स इन्डेक्समा भारी गिरावट आएको छ ।

बिहीबार विभिन्न सेक्टरका ३४३ वटा कम्पनीहरुको तीन करोड चार लाख ३८ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ १३ अर्ब १६ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।शेयर बजारमा आज एनआरएन डेभलपमेन्ट र एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । साथै, आज १७८ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ भने ८० वटाको मूल्यम गिरावट आएको छ ।

हालै सम्पन्न निर्वाचनको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई नजिकको मत हासिल गरेपछि राजनीतिक स्थिरताको अपेक्षा बढेको छ । लामो समयदेखि अस्थिर राजनीतिक परिस्थितिले पुँजी बजारमा अनिश्चितता सिर्जना गरेको भए पनि अब स्थायी सरकार गठन हुने सम्भावनाले प्रारम्भिक उत्साह जगाएको छ ।

नेपाल राष्ट्र बैंकले शेयर बजार प्रवद्र्धनका लागि लचिलो नीतिहरू लागू गरेको छ भने ब्याजदरको न्यून स्तरले पूँजी बजारमा लगानी अनुकूल वातावरण सिर्जना गरेको छ । त्यस्तै, धितोपत्र बोर्डले बजारलाई नियमित र पारदर्शी बनाउन विभिन्न कदम चालेकोले लगानीकर्तामा भरोसा बढेको छ ।

आगामी पाँच वर्षे स्थायी सरकारको सम्भावनासँगै दीर्घकालीन स्थिर वृद्धि हुने दाबी गरिएको छ। युवा वर्गको सक्रिय सहभागिता र घोषणापत्रमा समावेश आर्थिक र लगानी प्रवद्र्धनमुखी नीति, बैंकिङ क्षेत्रको लचिलो नीति र न्यून ब्याजदरले दीर्घकालीन बजार वृद्धि सम्भव भएकोले लगानीकर्तामा सकारात्मक भावना बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*