सुनको मूल्यमा गिरावट कायमै, अब प्रतितोला कति ?

१३ चैत्र २०८२, शुक्रबार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा चार हजार ६०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा दुई लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ४ हजार ८२० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर ४ हजार ६७० रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*