बालेन्द्र शाहको नेतृत्वमा यस्तो बन्यो १५ सदस्यीय मन्त्रिमण्डल, कुन मन्त्रालयमा को ?

१३ चैत्र २०८२, शुक्रबार ११:०८

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो। प्रधानमन्त्रीमा नियुक्त भएका शाहले आजै दिउँसो १२:३४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी समेत आफैंले सम्हाल्ने भएका छन्। उनी नेतृत्वको १५ सदस्यीय मन्त्रिमण्डल पनि आजै शपथ लिने तयारीमा रहेको छ।

नयाँ मन्त्रिमण्डलमा अर्थमन्त्रीका रूपमा स्वर्णिम वाग्ले नियुक्त भएका छन् भने गृहमन्त्रीमा सुधन गुरुङ रहनेछन्। परराष्ट्रमन्त्रीको जिम्मेवारी शिशिर खनाल लाई दिइएको छ भने कानुनमन्त्रीमा सोविता गौतम नियुक्त भएकी छन्।

यसैगरी ऊर्जा मन्त्रालय विराजभक्त श्रेष्ठ, उद्योग मन्त्रालय अमरेश सिंह, सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावल, कृषि मन्त्रालय गीता चौधरी, सञ्चार मन्त्रालय विक्रम तिमिल्सिना, श्रम मन्त्रालय दिपक साह (महोत्तरी), शिक्षा मन्त्रालय सस्मित पोखरेल, पर्यटन मन्त्रालय खडक (गणेश) पौडेल, महिला तथा बालबालिका मन्त्रालय सिता वादी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहताले सम्हाल्ने भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*